एमाले महाधिवेशन : धमाधम उम्मेद्वारी दर्ता

केन्द्रभाग मिडिया

चितवन ।
नेकपा एमालेमा आफै अध्यक्षका प्रत्यासी रहेका केपी शर्मा ओलीले पेश गरेको पदाधिकारी सहित ३०१ केन्द्रीय सदस्यको सुचि सहभागी प्रतिनिधिले तालि पड्काएर अनुमोदन गरे । तर, त्यसरी तालि पड्काएर सर्वसम्मत अनुमोदन गरिएको कार्यसमितिलाई एमाले अध्यक्षका अर्का आकांक्षी भीम रावलसहितका नेताहरुले चुनौति दिएका छन् । उनीहरुको चुनौतिसंगै एमाले महाधिवेशनमा निर्वाचन प्रक्रिया अगाडि बढेको छ ।

एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले (आज) सोमबार निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले उपाध्यक्षमा युवराज ज्ञवालीले उम्मेद्वारी दर्ता गराएका छन् । बिहानैबाट उम्मेदवारी दर्ता कार्यक्रम सुरु भएको हो । जसअनुसार नेताहरुले धमाधम मनोनयन दर्ता गराउन थालेका छन् ।

एमालेमा पदाधिकारीसहित केन्द्रीय कमिटीमा अध्यक्ष केपी ओलीले नाम प्रस्ताव गरेपछि त्यसमा मनोनयन दर्ता गराउनुपर्ने छ भने उम्मेदवारी नपरेको पदमा सर्वसम्मत हुनेछ ।

बिहान ८: ४५ बजेसम्म जनाको मनोनयन दर्ता भएको एक नेताले जानकारी दिएका छन् । एमालेमा केन्द्रीय कमिटी दुई आयोग गरी ३५१ पदमा निर्वाचन हुँदैछ ।

  • १३ मंसिर २०७८, सोमबार ०९:०५ प्रकाशित