एमाले महाधिवेशन : बन्द सत्रको दोस्रो सेसन सुरु, ध्वनी मतले नेतृत्व चयनको घोषणा हुँदै

केन्द्रभाग मिडिया

तितवन ।
चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत बन्दसत्रको दोस्रो सेसन सुरु भएको छ ।

आज विहान १० बजेका लागि बोलाइएको दोस्रो सेसन पदाधिकारी बीच सहमति कायम गर्नका लागि भन्दै साँझ ७ बजेका लागि सारिएको थियो ।सात बजेसम्म पनि सहमति नजुटेपछि ८ बजे पुर्याइएकोमा ९ बजे पछि मात्र दोस्रो सेसन सुरु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले निकट नेताहरुसंगको परामर्समा तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यको सुचि पेश गर्ने र त्यसलाई ध्वनी मतले पास गरेपछि बन्दसत्र समापनको घोषणा गरिने एक नेताले जानकारी दिएका छन् ।

  • १२ मंसिर २०७८, आईतवार २१:३३ प्रकाशित