जो उठेपनि प्रदेश सभापति मैले नै जित्छु : रघुनाथ पौडेल (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
तनहुँका कांग्रेस नेता रघुनाथ पौडेलले कांग्रेसको यही मंसिर १६–१७मा हुने प्रदेश अधिवेशनबाट आफू सभापति बन्ने दाबी गरेका छन् । पोखरामा आइतबार कांग्रेस प्रदेश कार्यसमितिको सभापतिको उम्मेद्वारी घोषणा गर्दै उनले यस्तो दाबी गरेका हुन् । कांग्रेसमा विधि र पद्धतिको विकास गर्न आफू सभापति बन्ने उनले बताए ।

कार्यकर्तालाई पार्टी समितिमा व्यस्त राख्ने र क्षेमता अनुरुपको जिम्मेवारी दिन आफू अध्यक्ष बन्नुपर्ने उनको भनाई छ । उनले पार्टी भित्र रहेको विकृति र विसंगति हटाइ पार्टीलाइ सुद्धढ बनाउन आफुले सभापति पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

अविछिन्न रुपमा तनहुँमै बसेर पार्टी संगठनमा काम गरेको, पार्टीको जेष्ठता र शैक्षिक योग्यताको अग्रपंक्तिमा रहेर लामो समय सम्म काम गरेको अनुभव आफूसंग रहेको उनको दाबी छ।

उम्मेद्वारी घोषणा पछि केन्द्र खबरसंग कुरा गर्दै उनले पार्टी सिस्टमले नचलेको र सिस्टममा चलाउनकै लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । पार्टीमा संस्थापन विरोधी समूहका मानिने उनले वर्तमान पार्टी नेतृत्व सबै हिसावले असफल भएको टिप्पणी गरे । ‘वर्तमान पार्टी नेतृत्व सम्पूर्ण हिसावले फेल भयो । यसलाई परिवर्तन गर्नुपर्छ’ उनले भने ।

कांग्रेसले संघीय संरचनालाई आत्मसात गर्न ढिलाई गरिरहेकाले प्रदेशलाई दिने भूमिका बारेमा राखिएको जिज्ञासामा उनले विद्यानमै अधिकार किटान गरिसकेकाले अधिकारका विषयमा अब संका गर्ने ठाउँ नरहेको बताएका छन् ।

कांग्रेस गण्डकी प्रदेशको महामन्त्रीमा उम्मेदवारी दिने कृष्ण केसीको धोषणा

गण्डकी प्रदेश समितिमा उम्मेदवारी दिने कांग्रेस नेता शुक्रराज शर्माको धोषणा

कांग्रेस गण्डकी प्रदेश सभापतिमा कास्कीका तीन नेताको दाबी  

 

  • १२ मंसिर २०७८, आईतवार १७:११ प्रकाशित