काठमाडौं ।
नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक फेरिएका छन् ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेसँगै नयाँ संयोजक नियुक्त भएका छन् । यादवको ठाउँमा अर्का अधिवक्ता गोपालकृष्ण घिमिरेलाई जिम्मेवारी तोकिएको छ ।
यादवले समितिमा रहेर काम गर्न नसक्ने भन्दै राजीनामा दिएको बताइएको छ। पछिल्लो पटक डडेलधुराको विवादलाई लिएर आन्दोलनरत पक्षसँग चर्को भनाभन भएपछि यादवले कार्यालय जानै छाडेका थिए ।
निर्वाचन समितिको काम नै रोकिने अवस्था भएपछि सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेका हुन् ।