आगोको अगुल्टाले हान्दा एकको मृत्यु

केन्द्रभाग मिडिया

Dead body in a mortuary

बझाङ ।

जाडोको बेला आगो तापिरहेकै अवस्थामा सामान्य भनाभन हुदाँ आगोको अगुल्टाले हान्दाँ एक जनाको ज्यान गएको छ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका ७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको अगुल्टो प्रहारबाट ज्यान गएको हो ।

घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । अगुल्टोले हान्ने दीपेन्द्र थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • १२ मंसिर २०७८, आईतवार ०९:४३ प्रकाशित