रात्री बस दुर्घटनाः ५ जनाको मृत्यु, २७ घाइते

केन्द्रभाग मिडिया

सुर्खेत ।

रात्री बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको ना ६ ख २७५७ नम्बरको रात्री बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटना दुर्घटना पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

दुर्घटनामा परेर मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको छ। आठबिसकोट नगरपालिका रूकुमकी ४ वर्षीया दिब्या शाही, नलगाड नगरपालिका(१० का शेरबहादुर परियार र सप्तरीका ४० वर्षीय गंगाराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।मृतकहरुमध्ये २ जनाको सनाखत भइसकेको छैन।

साथै दुर्घटनामा परेर २७ जना घाइते भएका छन्। बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

  • १२ मंसिर २०७८, आईतवार ०८:२३ प्रकाशित