कास्की कांग्रेसको सभापतिमा किशोरदत्त बराल निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । हिजो दोश्रो चरणको मतदान पछि आज विहानसम्पन्न मत गणना अनुसार उनले ९९५ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धि सुदिपमोहन ९१५ मत प्राप्त गरेका छन् ।

शनिबार सम्पन्न मतदानमा कूल १९ सय २६ मत खसेको थियो । शुक्रबार सम्पन्न मतदानमा सभापति पदमा प्रतिस्पर्धा गरेका पाँच जनामा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि शनिबार दोश्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा बराल, भट्टराईसहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतमले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए ।

पहिलो चरणको चुनाबाट गुरुङ, शर्मा र गौतम बाहिरिए भने बराल र भट्टराईबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा पराजित भएका सभापति पदका तीनै जना उम्मेदवारले दोश्रो चरणमा उम्मेदवार भट्टराईलाई सघाउने भन्दै विज्ञप्ति जारी गरेका थिए । उनीहरुले भट्टराईलाई सघाउन निकालेको विज्ञप्तिले अस्व्किार गरेका पाइएको छ ।

पहिलो चरणमा सभापतिका उम्मेदवार बरालले सबैभन्दा धेरै ६४४ र भट्टराईले ४७२ मत प्राप्त गरेका थिए । यसैगरी गुरुङले ४६२, शर्माले ३३५ र गौतमले ६३ मत प्राप्त गरेका थिए ।

  • १२ मंसिर २०७८, आईतवार ०६:१९ प्रकाशित