एमालेमा सबै पदाधिकारीसहित केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी ओलीलाई

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको चितवनमा जारी १० औं राष्ट्रिय अधिवेशनको बन्दसत्रले सबै पदाधिकारीसहित केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ ।

एमालेमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीले पाएका हुन् ।

बन्दसत्रको सिंगो हलले अध्यक्ष ओलीलाई उक्त जिम्मेवारी दिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

‘सिंगो हलले अध्यक्ष कम्रेडलाई १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी दिएको छ’ तामाङले भने ।

  • ११ मंसिर २०७८, शनिबार २०:३१ प्रकाशित