कास्की कांग्रेस सभापतिको लागि पुन भएको मतदान सकियो, आजै मतगणना हुने

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की कांग्रेसको सभापतिका लागि भएको पुनः मतदान सकिएको छ । २०८८ मतदाता मध्य पुन मतदानमा १ हजार ९२६ मत खसेको निर्वाचन समितिले जनाएको छ । शुक्रबार २ हजार २५ मत खसेको थियो ।

नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने बाध्यकारी व्यवस्था भएकाले शनिबार पुनः मतदान भएको हो । उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि ६४४ मत ल्याएका किशोरदत्त बराल र ४६९ ल्याएका सुदीपमोहन भट्टराईबीच आज पुनः मतदान भएको थियो ।

आजै बेलुकाबाट सभापति सहित पदाधिकारी र सदस्यको मतगणना हुने बताइएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा सभापति पदको वाहेक अन्य पदमा मतगणना भएको थिएन ।

  • ११ मंसिर २०७८, शनिबार १७:३१ प्रकाशित