कास्की कांग्रेसको अधिवेशन: मतदान स्थलमा बराल र भट्टराईबीच कडा प्रतिष्प्रर्धा देखियो, मतदाता तानातान

केन्द्रभाग मिडिया

पोखरा ।

कांग्रेस कास्कीको सभापतिका लागि पोखरा प्रदर्शनी केन्द्रमा मतदान जारी छ । पाँच उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पुनः मतदान भएको हो । ६४४ मत ल्याएका किशोरदत्त बराल र ४६९ ल्याएका सुदीपमोहन भट्टराई सभापति पदका लागि प्रतिष्प्रर्धामा छन् । बराल र भट्टराईबीच १ सय ७५ मतको फरक छ ।

पाचँ उम्मेदवारबाट दुइ उम्मेदवार छनोट भए पछि तिव्र संघर्ष देखिएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका ४ उम्मेदवार सभापतिका लागि लडेका थिए ।

ती मध्यबाट भट्टराईले सर्वाधिक मत प्राप्त गरि सभापति शेरबहादुर देउवा पक्षका बरालसंगको प्रतिष्प्रर्धामा रहेका छन् । शुक्रवारको भन्दा शनिबार उम्मेदवारहरु दवावमा देखिन्छन् । मतदालाई आफ्नो पक्षमा मतदान गर्न बिहानैबाट अनवरतरुपमा खटेका छन् ।

प्रतिष्प्रर्धाबाट बाहिरीएका पौडेल पक्षका तीन उम्मेदवारले भट्टराईको पक्षमा रहेको भन्दै प्रचा वितरण गरे पछि बराल पक्ष आक्रोसीत भएको थियो । त्यस पछि मतदात स्थालमा बराल पक्षका समर्थकको सक्रियता बढेको छ ।

बिहान १० बजेबाट मतदान सुरु भएको मतदान चार बजेसम्म चल्ने छ । । २०८८ मतदाता मध्य शुक्रबार २ हजार २५ जनाले मतदान गरेका थिए । ४७ मत भने बदर भएको छ । नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था गरेको छ ।

  • ११ मंसिर २०७८, शनिबार १३:५६ प्रकाशित