गुट अन्त्य घोषित एमालेमा ओली र रावल निकटको बेग्लाबेग्लै छलफल

केन्द्रभाग मिडिया

चितवन ।

नेकपा एमालेमा गुट अन्त्यको घोषणा गरेका मुख्य नेताहरु नै आफू निकटका नेता र समूहमा छलफलमा जुटेका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअगाडि केपी शर्मा ओली र अर्का अध्यक्ष दाबेदार नेता भीम रावलले आफू निकटका नेताहरुसंग आन्तरिक छलफलमा जुटेका हुन् ।

अध्यक्ष केपी शर्मा ओली र उनीनिकटका नेताहरुबीच नेतृत्व चयनका विषयमा छलफल चलिरहेको छ छ । भीम रावलले पनि आफूनिकटका नेताहरुलाई बोलाएर छलफलमा जुटेका छन् ।

सर्वसम्मत नेतृत्व चयनका लागि आइतबार राति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीसँगै केन्द्रीय कमिटी बढाउने निर्णय गरेको थियो ।

जस अनुसार २२५ सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ । १५ पदाधिकारीको व्यवस्थालाई बढाएर १९ सदस्यीय बनाइएको छ । य

सो गर्दापनि आकांक्षीहरु पनि बढेकाले नेताहरुको व्यवस्थापन गर्न अध्यक्ष ओलीलाई सकस भइरहेको बुझिएको छ । अध्यक्ष ओली भने सकेसम्म चुनाव नगराउने मुडमा रहेको निकटस्थ नेताहरुले बताइरहेका छन् । तर, अर्का अध्यक्षका आकांक्षी भीम रावल अध्यक्षमा उम्मेद्वारी दिने कुरामा दृढ देखिएका छन् ।

उनले पनि आफू निकटका नेताहरु बोलाएर आगामी रणनीतिका बारेमा छलफलमा जुटेका रावल निकट एक नेताले जानकारी दिएका छन् ।

  • ११ मंसिर २०७८, शनिबार ११:४८ प्रकाशित