स्याङ्जा कांग्रेस सभापतिमा थापा निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।
कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा निर्वाचित भएका छन् । आज विहान सम्पन्न मत गणनाका अनुसार उनले १ हजार ११७ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धि भागवत प्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गरे । रोचक प्रतिस्पर्धामा थापाले ३२ मतान्तरले मल्ललाई पराजित गरेका हुन् ।

कंग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको उपसभापतिमा केदार काफ्ले र शेरबहादुर राना बिजयी भएका छन् । काफ्लेले एक हजार ३७० र रानाले आठ ९३ मत ल्याएर उपसभापतिमा विजयी भएका हुन् ।

सचिवमा गुरुप्रसाद भट्टराई र दामोदर लम्साल विजयी भएका छन् । भट्टराईले एक हजार २९२ र लम्सालले ९३४ मतका साथ विजयी भएका हुन् ।

सहसचिवमा धुर्वबन्दु पौडेल र पृथ्वी प्रसाद पोखरेल विजयी भएका छन् । पौडेल एक हजार १५८ र पोखरेल ९३९ मतका साथ सहसचिवमा विजयी भएका हुन् ।

  • ११ मंसिर २०७८, शनिबार ०७:३० प्रकाशित