बढ्यो एमाले केन्द्रीय कमिटीको आकार, यस्तो बन्ने केन्द्रीय संरचना

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेले केन्द्रीय कमिटीको आकार बढाएको छ । गत असोजमा काठमाडौंको गोदावरीमा भएको विधान महाधिवेशनले निर्धारण गरेको २२५ सदस्यीय केन्द्रीय कमिटीलाई बढाउँदै एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ ।

एमालेले पदाधिकारीको संख्या समेत बढाएर १९ सदस्यीय बनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा केन्द्रीय कमिटीले केन्द्रीय सदस्य र पदाधिकारी बढाउने निर्णय गरेको हो ।

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठकले गरेको निर्णय अनुसार अब एमालेको ९९ जना पोलिटब्यूरो र ४५ जना स्थायी कमिटी सदस्यको रुपमा रहनेछन् ।

१९ जना पदाधिकारी हुने निर्णयसंगै १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ अरु उपाध्यक्ष रहनेछन् । साथै १ महासचिव र ३ उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहनेछन् ।

पदाधिकारीमा चुनाव हुने देखिएपछि सर्वसम्मत गर्नका लागि संख्या बढाइएको एमालेका एक नेताले बताए ।

 

  • ११ मंसिर २०७८, शनिबार ०६:५० प्रकाशित