कास्की कांग्रेसमा मतगणना जारी, किशोरदत्तको अग्रता (मत परिणाम सहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चयनका लागि अहिले मतगणना कार्य भइरहेको छ । सभापतिका उम्मेद्वारको मत गणना भइरहेको नेपाली कांग्रेस कास्कीले जनाएको छ ।

कुल २१२५ मत खसेकोमा  साँझ ९ः ४५ सम्म एक हजार दुई मत गनिएको छ । त्यसमा किशोरदत्त बरालले अग्रता लिएका छन् । उनले ३४४ मतका साथ अग्रता लिएका हुन् ।

उनलाई अर्का उम्मेद्वार सुपिमोहन भट्टराईले पच्छ्याइरहेका छन् । उनले २५५ मत ल्याएका छन् । आइबहादुर गुरुङले २१३ मत ल्याएका छन् । पोषनाथ शर्माले १४० मत प्राप्त गरेका छन् । गिरिराज गौतमले ३० मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार सभापतिका उम्मेद्वार ५० प्रतिशत भन्दा धेरै मत ल्याउनुपर्ने छ ।

अध्यक्षका पाँच उम्मेद्वार मध्ये कसैले पनि ५० कटाउन नसक्ने देखिएको र पुन धेरै मत ल्याउने उम्मेद्वारी बीच शनिबार प्रतिस्पर्धा हुने देखिएको कांग्रेस कास्कीका नेताहरुले बताएका छन् ।

  • १० मंसिर २०७८, शुक्रबार २२:०८ प्रकाशित