पोखरा ।
स्याङ्जा कांग्रेसको नेतृत्व चयनका लागि दुई हजार १९४ जना प्रतिनिधिले मतदान गरेका छन् ।
नेपाली कांग्रेस स्याङ्जाले दिएको जानकारी अनुसार कांग्रेसमा २२५७ जना प्रतिनिधि थिए । साँझ ५ बजे मतगणना सकिएपछि त्यसलाई सिल गर्ने काम सम्पन्न भएको र साँझ ८ बजेबाट कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा मतगणना हुने छ ।
स्याङ्जा कांग्रेसमा सभापतिका लागि संविधान सभा सदस्य राजु थापा र गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्ल बीच कडा प्रतिस्पर्धा रहेको छ ।
उपसभापतिमा पाँचनाले प्रतिस्पर्धा गरेका छन् । सचिव र सहसचिवमा ४/४ जना प्रतिस्पर्धामा छन् । पदाधिकारी र र्कासमिति सदस्य सहित एक सय भन्दा धेरै प्रतिस्पर्धामा छन् ।
नेपाली कांग्रेस स्याङ्जा स्रोतले दिएको जानकारी अनुसार ९ वटा समूहमा मतगणना गरिने भएकाले मत परिणाम छिट्टै आउने छ । राति दुई बजेसम्ममा अन्तिम परिणाम आइसक्ने अपेक्षा गरिएको स्याङ्जा कांग्रेसका एक नेताले केन्द्र खबरलाई जानकारी दिए ।