कांग्रेस कास्कीमा मतदान सकियो, ९८ प्रतिशत भन्दा धेरै मत खस्यो, सभापतिमा पुन: मतदान हुने संभावना

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस कास्कीको नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ ।

कांग्रेसकाको जिल्ला नेतृत्व चयनका लागि २०८८ जना प्रतिनिधि रहेकोमा २०२५ जनाले मतदान गरेका कांग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले जानकारी दिए । ‘कांग्रेस कास्कीको अधिवेशनमा दुईहजार ८८ जना मतदाता हनुहुन्थ्यो । दुई हजार २५ जनाले मतदान गर्नुभयो ’ उनले भने ।

अहिले मतपेटिका सिल गर्ने काम भइरहेको र साँझ सात बजेबाट पोखरा उद्योग वाणिज्य संघको हलमा मतगणना गरिने सभापति केसीले जानकारी दिएका छन् । ‘अहिले मतपेटिका सिल गर्ने काम भईरहेको छ । सिल गरेपछि दुई घण्टामा हामी सभापतिको मत गणना प्रारम्भ गर्छौ’ उनले भने ।

उनका अनुसार सुरुमा सभापतिको मतगणना हुनेछ । सभापतिमा प्रतिस्पर्धामा रहेका मध्ये जसले ५१ प्रतिशत मत ल्याउँछ उ नै कास्की सभापति बन्ने छ । पहिलो चरणमा कसैको ५१ प्रतिशत मत नल्याएमा सभापतिका लागि पुन मतदान हुने छ ।

सभापतिको टुंगो लगाएपछि मात्र अन्य पदाधिकारी र सदस्यको मतगणना गरिने कांग्रेस कास्की सभापति कृष्ण केसीले जानकारी दिएका छन् ।

कांग्रेस सभापतिका लागि पाँच जनाले प्रतिस्पर्धा गरेका छन् । पाँच जना प्रतिस्पर्धि रहेकाले सुरुमा एउटै उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउने सम्भावना छ । यस्तो अवस्थामा सभापतिका प्रतिस्पर्धिमा रहेका मध्ये धेरै मत ल्याउने दुई जनाले पुन प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

  • १० मंसिर २०७८, शुक्रबार १७:१९ प्रकाशित