विद्यालयको भर्याङमाथि वाइफाइ चलाउन चढेका छात्रको लडेर मृत्यु

केन्द्रभाग मिडिया

जलेश्वर ।

विद्यालयमा मोबाइलमा वाइफाइ चलाउन विद्यालयको भर्याङमाथि चढ्दा लडेर एक छात्राको ज्यान गएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका– १ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत बलवा नगरपालिका १ का १८ वर्षीय सन्दीप महतोको लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

विद्यालयको भर्याङमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घाइते भएका र उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गम्भीर घाइते महतोलाई उपचारको लागि जनकपुरस्थित काव्या अस्पतालमा लगिएको त्यहाँ सुधारोन्मुख नभएपछि थप उपचारको लागि सिरहाको कर्जनहामा अवस्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा लगिएको थियो ।

सोही अस्पतालमा उपचारकै क्रममा गए राति उनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • १० मंसिर २०७८, शुक्रबार १६:२८ प्रकाशित