पछिल्लो २४ घण्टामा १ लाख ९६ हजारले लगाए कोभिड विरुद्धको खोप : ३०२ जना सन्चो भए

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोभिड १९ विरुद्धको खोप लगाउने काम तीव्र बनाइएको छ । र अपुग खोप खरिदका लागि सरकारले पहल गरिरहेको छ ।
पछिल्लो २४ घण्टामा थप १ लाख ९६ हजार ८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर २७० जनामा संक्रमित थपिएका छन् । १० हजार ४४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट २८ जनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ७२२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार २८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै, थप २ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५१८ पुगेको छ ।

  • १० मंसिर २०७८, शुक्रबार १६:१७ प्रकाशित