अब हामी चुनावको तयारी गछौँ, एकल बहुमत ल्याउँछौँः एमाले अध्यक्ष ओली

केन्द्रभाग मिडिया

File photo

पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन पछि निर्वाचनको तयारीमा जाने बताएका छन् । दशौँ महाधिवेशनको उद्याटन शत्रलाई सम्बोधन गदै ओलीले परमादेशले चुनावमा जान रोकिएको बताए ।

उनले भने, परमादेशबाट जनताको विचमा जान रोकियो, तर अब चुनावहरु आउदै छन्, म हाम्रा कमरेडहरुलाई भन्न चाहन्छु चुनावको तयारी तर्फ जाने छौ । ओलीले थपे जनमत मार्फत एकल बहुमत ल्याउनु छ ।

ओलीले एकल बहुमत ल्याउने दावी गरे । एमालेका लागि हैन देशका लागि एकल बहुमत ल्याउनु छ, हामी चुनावको तायरी तर्फ जादै छौ, जनमतको तयारी गदै छौ । देशका लागि बहुमत ल्याउनु छ, उनले भने । एमालेका लागि हैन, देशको सार्वभौमसत्ता रक्षा, लोकतन्त्रको रक्षाका लागि बहुमत ।

संविधानको रक्षा र कार्यान्यनका लागि एमालेको एकल बहुमत । संविधानको गलत व्यख्यालाई जनमत मार्फत सच्चाएर अगाडी बढन्का लािग एमालले बहुमत ल्याउनु पर्ने उनको तर्क थियो । उनले संविधान संसोधन हुन सक्ने बताए । नेपाली जनताका लागि बनाएको संविधान जनतालाई आवश्यक पर्दा आवश्यकतका आधारमा संसोधन हुन सक्ने उनको भनाई थियो ।

देशमा हिंसा अन्त्य भएको र लागनीको वातावरण बनेको ओलीले बताए । देशलाई दिगो विकास लक्ष पुरा गरेर छोटो समयमा नेपाललाई एउटा समृद्ध राष्ट्र बनाउनु छ ।

  • १० मंसिर २०७८, शुक्रबार १५:२७ प्रकाशित