कांग्रेसको मतगणनामा झडप, तीन घाइते

केन्द्रभाग मिडिया

कैलाली ।

नेपाली काँग्रेसको मतगणनामा झडप भएको छ । दार्चुलाको १४औँ महाधिवेशनका लागि भएको निर्वाचनपछि मतगणनामा झडप भएको हो । दार्चुला जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबीच झडप भएको हो ।

झडपमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, वसन्त बहादुर साउँदलगायत घाइते भएका छन् । घाइते सबै धामी पक्षका कार्यकर्ताहरु रहेको बताइएको छ । घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।

झडप भएपनी मतगणना भने जारी राखेको जनाइएको छ।

  • १० मंसिर २०७८, शुक्रबार १४:२६ प्रकाशित