कास्की कांग्रेस अधिवेशनः उम्मेदवारको मुस्कानसहितको नमस्ते, मतदाताको बचन एक मत तपाइलाई (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस कास्कीको नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ । मतदान स्थाप पोखरा प्रदर्शनी केन्द्रमा नेता कार्यकर्ताको बाक्लो उपस्थीती देख्न सकिन्छ । मतदातालाई हातजेड्दै उम्मेदवारहरु मत मागिरहेका छन् । आम चुनावको झल्को दिने गरि प्रचारप्रसार गरिएको मात्र छैन उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा मतदान गर्न फरक–फरक शैली अपनाएका छन् ।

सभापतिका लागि पाँच जना प्रतिष्प्रर्धामा छन् । आइबहादुर गुरुङ, किशोरदत्त बराल, गिरिराज गौतम, पोषनाथ शर्मा र सुदिपमोहन भट्टराईले उम्मेद्वारी दिएका छन् ।

उपसभापतिमा १० जनाले उम्मेद्वारी दिएका छन् । कृष्णप्रसाद ढुंगाना, नाराण कुमार श्रेष्ठ, पिताम्बर पौडेल, प्रज्वल रञ्जित, विजयराज भण्डारी, युवराज कुँवर, रामबहादुर भण्डारी, रंगिला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद शर्मा लामिछानेले उम्मेद्वारी दिएका छन् ।

सचिवमा ९ जनाको उम्मेद्वारी परेको छ । अमृत कुमार श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सिना, देवेन्द्र भाट, भरतप्रसाद तिवारी, भानुभक्त ढकाल, महेन्द्र पुन, राजबहादुर गुरुङ, विष्णुप्रसाद पौडेल र सिरोज कोइरालाले सचिवमा उम्मेद्वारी दिएका हुन् ।

सहसचिवमा पनि ९ जनाले उम्मेद्वारी दिएका छन् । कृष्णमान ठुसाजु, गणेशबहादुर थापा खत्री, जयप्रकास थापा, देवराज गुरुङ, नवीन सिग्देल, भीम गौतम, लक्ष्मण पहारी, विकाश थापा र शंकर ढुंगानाले सहसचिवमा उम्मेद्वारी दिएका हुन् ।

सदस्य तर्फ पोखर महानगरबाट १६ जना, रुपा गाउँपालिकाबाट तीन जना, मादि गाउँपालिकाबाट तीन जना, अन्नपूर्ण गाउँपालिकाबाट दुई जना, माछापूछ्रे गाउँपालिकाबाट चार जना, जिल्ला कार्यसमिति सदस्यमा २९ जनाको उम्मेद्वारी परेको छ । २ हजार बढी मतदाताले मतदनत गर्ने छन् ।

  • १० मंसिर २०७८, शुक्रबार १३:०६ प्रकाशित