पोखरा ।
नेपाली कांग्रेस कास्कीको सभापतिका लागि पाँच जनाले उम्मेद्वारी दिएका छन् । आइबहादुर गुरुङ, किशोरदत्त बराल, गिरिराज गौतम, पोषनाथ शर्मा र सुदिपमोहन भट्टराईले उम्मेद्वारी दिएका छन् ।
उपसभापतिमा १० जनाले उम्मेद्वारी दिएका छन् । कृष्णप्रसाद ढुंगाना, नाराण कुमार श्रेष्ठ, पिताम्बर पौडेल, प्रज्वल रञ्जित, विजयराज भण्डारी, युवराज कुँवर, रामबहादुर भण्डारी, रंगिला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद शर्मा लामिछानेले उम्मेद्वारी दिएका छन् ।
सचिवमा ९ जनाको उम्मेद्वारी परेको छ । अमृत कुमार श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सिना, देवेन्द्र भाट, भरतप्रसाद तिवारी, भानुभक्त ढकाल, महेन्द्र पुन, राजबहादुर गुरुङ, विष्णुप्रसाद पौडेल र सिरोज कोइरालाले सचिवमा उम्मेद्वारी दिएका हुन् ।
सहसचिवमा पनि ९ जनाले उम्मेद्वारी दिएका छन् । कृष्णमान ठुसाजु, गणेशबहादुर थापा खत्री, जयप्रकास थापा, देवराज गुरुङ, नवीन सिग्देल, भीम गौतम, लक्ष्मण पहारी, विकाश थापा र शंकर ढुंगानाले सहसचिवमा उम्मेद्वारी दिएका हुन् ।
सदस्य तर्फ पोखर महानगरबाट १६ जना, रुपा गाउँपालिकाबाट तीन जना, मादि गाउँपालिकाबाट तीन जना, अन्नपूर्ण गाउँपालिकाबाट दुई जना, माछापूछ्रे गाउँपालिकाबाट चार जना, जिल्ला कार्यसमिति सदस्यमा २९ जनाको उम्मेद्वारी परेको छ ।