पोखरा महानगर प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सरुवा, रिज्याल आए

केन्द्रभाग मिडिया

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सरुवा भएको छ ।

बरालको ठाउँमा बलराम रिज्याल आउने भएका छन् ।बरालको  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको हो ।भने रिज्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पोखरा महानगर सरुवा भएका हुन् ।

मन्त्रीस्तरीय निर्णय अनुसार हिजोको निर्णय अनुसार देशभरका एकै पटक ४९ सह सचिवको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहका सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहकै सहसचिव देवराज जोशीलाई राष्ट्रि महिला आयोगमा पठाइएको छ ।

  • ९ मंसिर २०७८, बिहीबार १६:३२ प्रकाशित