विमलेन्द्र निधीले गरे सभापतिमा उम्मेदवारी घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभव रहेकाले केन्द्रीय सभापति पदमा उम्मेदवारी दिएको निधीले बताए ।

यसअघि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला, कल्याण गुरुङले सभापतिमा दाबी गरेका थिए ।

  • ९ मंसिर २०७८, बिहीबार १४:४३ प्रकाशित