४ महिनामा सरकारी खर्च ३ खर्ब, विकास खर्चमा छैन प्रगति

केन्द्रभाग मिडिया

काठमाडौं।

चालू आर्थिक वर्षको ४ महिनामा सरकारको खर्च ३ खर्ब नाघेको छ। चालु वर्षको चार महिना ८ दिनमा ३ खर्ब ९ अर्ब खर्च भएको हो।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारी ढुकुटीमा ७२ अर्ब मौज्दात छ। अहिलेसम्म सरकारले कुल प्राप्ति ३ खर्ब ८१ अर्ब छ। यो वर्ष सरकारले राजस्वतर्फ उल्लेख्य प्रगति गरिरहेको छ।

कुल राजस्व ३ खर्ब ५२ अर्ब संकलन भएको छ। यो कुल लक्ष्यको २९.८७ प्रतिशत हो। तर चार महिनामा पनि विकास खर्चतर्फ भने उल्लेख्य प्रगति हुन सकेको छैन।

यो अवधिमा कुल विकास खर्च २२ अर्ब १४ करोड मात्रै भएको छ। यो कुल खर्च लक्ष्यको ५ प्रतिशत मात्रै हो। अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशतका दरले विकास खर्च गर्ने भनिएतापनि हालसम्म कुनै प्रगति छैन।

 

  • ९ मंसिर २०७८, बिहीबार १३:४० प्रकाशित