काठमाडौं ।
राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टीका तीन अध्यक्षलाई चुनौँती दिदैँ पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपालगञ्जका मेयरसमेत रहेका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले बिहीबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा। प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै अब पार्टीको परम्परागत गुट अन्त्य गर्ने बताए । उनले आफू पार्टीको अध्यक्ष बने देशमा कांग्रेस–कम्युनिष्टले गर्न नसकेको काम गर्ने बताए ।