यूके छिर्न लागेका आप्रवासी चढेको डुंगा डुब्दा २७ जनाको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

यूके जान लागेका आप्रवासी चढेको डुंङ्गा फ्रान्स स्थित एक समुन्द्रमा डुब्दा कम्तिमा २७ जनाको ज्यान गएको छ । डुंङ्गा फ्रान्सको क्यालेनजिकै इङ्ग्लिश च्यानलमा डुबेको हो ।

दुर्घटनामा एक बालिकाको समेत ज्यान गएको बताइएको छ । डुंङ्गामा ३४ यात्रु सवार रहेको बताइएको छ । डुबेका २ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्घ आईओएमका अनुसार २०१४ यताकै घाटक दुर्घटना भएको छ । यूकेका प्रधानमन्त्री बोरिस जोनसनले मानवतस्करहरूलाई रोक्न कुनै कसर बाँकी नराख्ने बताएका छन्।

  • ९ मंसिर २०७८, बिहीबार १३:१५ प्रकाशित