कांग्रेस कास्की सभापतिमा ६ आकांक्षी, मनोनयन आज, को बन्ला सभापति ?

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र र क्षेत्रीय अधिवेशन सम्पन्न भएका छन् । यससंगै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने काम पनि अधिकांस जिल्लामा सकिएको छ ।

हिमाली जिल्लाहरु सहित केही जिल्लामा कांग्रेसले जिल्ला नेतृत्व समेत टुंग्याएको छ । कांग्रेसको निर्वार्चान तालिका अनुसार हिमाली जिल्लाहरु पछि अब बाँकी जिल्लाहरुमा भोली (१० मंसिर) नेतृत्व चयन हुनेछन् ।

गण्डकी प्रदेशको राजधानी पोखरा रहेको जिल्ला कास्कीमा आज जिल्लाको नेतृत्व सहित कार्यसमिति चयनका लागि उम्मेद्वारी दर्ता गरिँदैछ । प्रदेश राजधानी रहेको जिल्ला भएकाले कास्की कांग्रेसको नेतृत्वमा को आउला भन्ने चासो कांग्रेसका नेता कार्यकर्तालाई मात्र होइन अन्य दलका नेता कार्यतालाई पनि रहेको छ ।

कास्की कांग्रेसको नेतृत्व लिन आधा दर्जन नेताहरुले हानथाप गरेका छन् । कांग्रेस जिल्ला नेताहरु किशोरदत्त बराल, आइबहादुर गुरुङ, सुदीपमोहन भट्टराई, पोषनाथ शर्मा, सरस्वती गुरुङ र गिरिराज गौतमले सभापति पदमा उम्मेद्वारी दिने सार्वजनिक गरिसकेका छन् । मनोनयन दर्ता गर्ने क्रममा दाबी प्रस्तुत नगरेका केही नेताहरुले पनि उम्मेद्वारी दिन सक्ने कांग्रेस स्रोतले बताएको छ ।

देउवा पक्षका दुई र पौडेल पक्षका चार उम्मेद्वार

कास्कीमा सभापति आकांक्षी ६ जना मध्ये दुई जना संस्थापन (देउवा) पक्षका हुन् । किशोरदत्त बराल र सरस्वती गुरुङ शेरबहादुर पक्षका मानिन्छन् । त्यसैगरी पोषनाथ शर्मा, आइबहादुर गुरुङ, सुदिपमोहन भट्टराई र गिरिराज गौतम पौडेल पक्षमा खुलेका छन् ।

कांग्रेसको १३औं महाधिवेशनमा भने पोषनाथ शर्मा र आइबहादुर गुरुङले पार्टी सभापतिमा शेरबहादुर देउवालाई मत दिएका थिए । सुदिपमोहन भट्टराई र गिरिराज पौडेलले कृष्ण सिटौलालाई मत दिएका नेपाली कांग्रेसमा पौडेल समूहका एक जिम्मेवार नेताले दाबी गरेका छन् ।

  • ९ मंसिर २०७८, बिहीबार ०९:३५ प्रकाशित