यस्तो छ आजको विदेशी मुद्राको किनबेचदर

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विभिन्न विदेशी मुद्राको खरिदबिक्री दर निर्धारण गरेको छ ।

यसअनुसार भारतीय मुद्रा स्थिर विनिमय दरअनुसार भारतीय रुपैयाँ १०० को १६० नेपाली रुपैयाँमा किन्न र १६० रुपैयाँ १५ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलरको खरिदबिक्री दर थोरै पैसाले घटेको छ ।आज बिहीबारका लागि १ अमेरिकी डलरको खरिद दर नेपाली ११८ रुपैयाँ ७४ पैसा र बिक्री दर ११९ रुपैयाँ ३४ पैसा तोकेको छ। हिजो अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७८ पैसा थियो भने बेच्नेदर ११९ रुपैयाँ ३८ पैसाँ थियो ।

आज युरोको खरिददर थोरै पैसाले घटेको भने बिक्रिदर झण्डै १ रुपैयाँले घटेको छ । १ युरोको खरिद दर १३३ रुपैयाँ ०८पैसा र बिक्री दर १३३ रुपैयाँँ ७५ पैसा तोकेको छ। हिजो १ युरोको खरिददर १३३ रुपैयाँ ७० पैसा र बेच्नेदर १३४ रुपैयाँ ३७ पैसा थियो ।

त्यसैगरी पाउन्ड स्टर्लिङ किन्न चाहनेले आज १ पाउन्ड बराबर १५८ रुपैयाँ ५५ पैसा तथा बेच्न चाहनेले १५९ रुपैयाँ ३५ पैसा खर्च गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ युनिट बराबर १५८ रुपैयाँ ८२ पैसा खरिददर र बेच्नेदर १५९ रुपैयाँ ६२ पैसा थियो ।

  • ९ मंसिर २०७८, बिहीबार ०९:११ प्रकाशित