पोखरा ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महााशाखाका अनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।
दिउँसो देशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।