गण्डकी अपडेट : १ संक्रमितको मृत्यु, १७ जनामा संक्रमण

केन्द्रभाग मिडिया

पोखरा ।

कोरोनाबाट गण्डकी प्रदेशमा १ संक्रमितको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा तनहुँ जिल्ला, घिरिङ ५ का ६३ वर्षीय कोरोना संक्रमित महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको संक्रामक सरुवा रोग अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।

यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय १३ पुगेको छ ।यस्तै प्रदेशमा पछिल्लो २४ घण्टामा १७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा तनहुँका १, पर्वतका १,कास्कीका ९, स्याङ्जाका १ र नवलपरासीका ५ जना रहेको निर्देशनालयले जनाएको छ ।

यो सँगै प्रदेशमा संक्रमित हुनेको संख्या ८७ हजार ८४१ पुगेको छ ।सोही अवधिमा प्रदेशमा ३१ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ८६ हजार २५९ रहेको छ ।

हाल प्रदेशमा १६९ जना सक्रिय संक्रमित रहेका छन् तीमध्ये १४१ जना होम आइसोलेसनमा रहेका छन् ।

  • ८ मंसिर २०७८, बुधबार १७:०६ प्रकाशित