कोभिडको इपिसेन्टर बन्यो युरोप : मार्चसम्म थप ७ लाखको मृत्यु हुने डब्ल्यूएचओको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो समय युरोपियन देश कोभिड १९ को इपि सेन्टर बनेको छ ।

ज्यान गुमाउने र संक्रमित हुनेको संख्या युरोपियन देशहरुमा दैनिक बढीरहेको छ । यसैबीच युरोपमा अझै लाखौँ मानिसले कोरोना संक्रमणकै कारण ज्यान गुमाउने विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ) ले पूर्वानुमान गरेको छ ।

आगामी मार्चसम्म युरोपमा कोभिड संक्रमणका कारण थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ ।

मार्चसम्ममा युरोप र एसियाका केही मुलुकमा कोभिड-१९ का कारण आगामी मार्चसम्ममा थप सात लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको बीबीसीले जनाएको छ । उक्त समय सम्ममा ४९ मुलुकका अति सघन उपचार कक्षमा ‘उच्च वा अत्यधिक भार’ हुने डब्ल्यूएचओको भनाइ छ ।

त्यस्तै, युरोपमा कोभिड-१९ मृत्युको प्रमुख कारक बन्न पुगेको डब्ल्यूएचओले बताएको छ ।युरोममा पछिल्ला दिन कोभिडबाट मृत्यु हुनेको दैनिक संख्या दोब्बरले बढेर झण्डै ४२ सय पुगेको छ ।

संगठनका अनुसार खोप नलगाउने मानिसको संख्या धेरै भएको र केही मुलुकमा डेल्टा भेरियन्ट व्याप्त रहेकाले युरोपमा संक्रमण दर उच्च हुन पुगेको हो ।

  • ८ मंसिर २०७८, बुधबार १३:५१ प्रकाशित