राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ।

५० वर्षीय शेर्पाको बुधबार बिहान ३ बजेतिर निधन भएको राखेपले जनाएको छ । शेर्पा लामो समयदेखी नशा सम्बन्धी रोगबाट पीडित थिए ।

पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहँदै आएका शेर्पाले त्यसअघि अमेरिका, चीन र भारतलगायतमा गएर उपचारसमेत गराएका थिए। तर उल्लेख्य सुधार नभएपछि उनी स्वदेश फर्किएका थिए।

शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष हुन्।

  • ८ मंसिर २०७८, बुधबार ०८:४० प्रकाशित