मौसम पूर्वानुमान : यि स्थानमा हल्का वर्षा र हिमपातको संभावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना  छ ।

राति देशका पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना  छ ।

  • ८ मंसिर २०७८, बुधबार ०६:४७ प्रकाशित