साना बालिकाका मुन्द्रा लुट्ने युवती पक्राऊ

केन्द्रभाग मिडिया

पोखरा ।
स–साना बालिकाहरुलाई फकाउँदै र धम्क्याउँदै उनीहरुको कानमा लगाएको मुन्द्रा चोरी गर्ने एक युवती प्रहरीको फन्दामा परेकी छन् । स्याङ्जा चापाकोट–४ घर भई हाल पोखरा- १४ बस्ने २४ वर्षकी अम्बिका पुलामी मगरलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

उनले पोखरा महानगरका विभिन्न स्थानमा पाँच देखि नौ वर्षका पाँच जना बालिकालाई फकाउँदै र धम्क्याउँदै मुन्द्रा चोरी गरेको कास्की प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकी यवतीको साथबाट सुनको मुन्द्रा १३ टुक्रा (४८ लाल) र सुनको ६ थान मुन्द्रा (४५ लाल) बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले पक्राउ परेकी पुलामी मगरलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा दिन पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जानकारी दिए।

  • ७ मंसिर २०७८, मंगलवार २०:४२ प्रकाशित