व्यवसाय प्रर्वद्धन सम्बन्धि लेउवाको अन्तरक्रिया

केन्द्रभाग मिडिया

लेखनाथ ।

लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा व्यवसाय प्रर्वद्धन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।

लेखनाथ क्षेत्रमा रहेका फेन्सी, कपडा व्यवसायी र भांडा व्यवसायी बिच व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा भोग्नु परेका समस्याहरुको बारेमा जानकारी लिने उदेश्यले अन्तरक्रिया सम्पन्न भएको हो ।

अन्तरक्रियामा सहभागी संघका फेन्सी तथा कपडा व्यवसायी र भांडा व्यवसायी सदस्यहरुले व्यवसाय संचालन गर्दा कोभिड १९ को प्रभाव तथा नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नभएका, झोले तथा पोके व्यवसाय फस्टाएको कारण आफुहरु मर्कामा परेको गुनासो गरे ।

सोही कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष एवं नेउवा महासंघका केन्द्रिय सदस्य बावुराम गिरीले आफुले संचालन गदै आईरहेको व्यवसायलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र संचालनमा ल्याउन सुझाव दिदैँ समय समयमा बिभिन्न स्थानमा हुने मेला महोत्सवहरुमा सहभागिता जनाएर पनि आप्नो व्यवसायलाई सुदृढ गर्न सकिने कुरामा जोड दिए ।

संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, कार्यसमिति सदस्य बिक्रम कर्माचार्यले व्यवसाय प्रवद्र्धनको लागि व्यवसायीक योजनाका साथ लगानि बढाउनु पर्ने, व्यवसायमा अस्वस्थ प्रतिष्पर्धा गर्न नहुने कुरामा जोड दिंदै बिना ईजाजत संचालनमा रहेका झोले व्यवसायहरु लाई ईजाजत लिई संचालनमा आएका व्यवसायीहरुको बिचमा गठन भएको वजार व्यवस्थापन समितिको माध्यमबाट निरुत्साहीत गर्नु पर्नेमा जोड दिए ।

  • ७ मंसिर २०७८, मंगलवार १७:०४ प्रकाशित