देशभर ९ संक्रमितको मृत्यु, ३५१ जनामा संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ९ संक्रमितले ज्यान गुमाएका छन् ।

देशभरका अस्पतालमा उपचाररत र होमआइसोलेसनमा रहेका संक्रमित गरि उक्त संख्या ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही समयमा २७३ जना निको भएका छन् ।मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ६९ पुगेको छ । भने नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ । ८ लाख ८९० जना कोरोनाबाट निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३०० जना रहेका छन् । जसमध्ये ६ हजार ८६९जना होम आइसोलेसनमा रहेका छन् भने ४३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२३ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • ७ मंसिर २०७८, मंगलवार १६:४७ प्रकाशित