गण्डकी अपडेट : पोखराका २ सहित ३ संक्रमितको मृत्यु, २१ जनामा संक्रमण

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकीमा पछिल्लो अपडेट अनुसार ३ संक्रमितको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा पोखराका २ र लमजुङका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
पोखरा ३० क ७१ वर्षीय संक्रमित महिला र पोखरा २२ का ६३ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय १२ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर २१ जना संक्रमित थपिएका छन् ।

निर्देशनालयको अनुसार संक्रमित हुनेमा कास्कीका १८,स्याङ्जाका १ र नवलपरासीका २१ ज्ना रहेका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट हालसम्म संक्रमित बन्नेको संख्या ८७ हजार ८२४ पुगेको छ ।

यस्तै सोही समयमा ४२ जना निको भएका छन् । प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या ८६ हजार २ सय २८ रहेको छ ।हाल प्रदेशमा १८४ सक्रिय संक्रमित छन जसमध्ये १५७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

  • ७ मंसिर २०७८, मंगलवार १६:२७ प्रकाशित