आफ्नै छोरामाथि एसिड अट्याक : बाबु पक्राउ

केन्द्रभाग मिडिया

सोलुखुम्बु ।

विभिन्न असमझदारीका कारण प्रमीलेप्रेमिकालाई, श्रीमानले श्रीमतीलाई या श्रीमतीले श्रीमानलाई, प्रेम नस्वीकारेको कारण युवकले युवतीलाई एसिड हानेको समाचार प्राय सुन्नमा आउँछन् ।

तर सोलुखुम्बुमा भने आफ्नै छोरालाई बाबुले एसिड हानेको समाचार बाहिरिएको छ । सोलु दुधकुण्ड नगरपालिका ५ सल्लेरीका ५० वर्षीय मोहन बराईलीले आफ्नै छोरालाई एसिड हानेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

उनले २५ वर्षीय छोरासहित २ जनालाई एसिड हानेको बताइएको छ ।घाइते दुवै जनालाई थप उपचारको लागि काठमाडौंको बीर अस्पतालमा पठाइएको छ ।उनले किन आफ्नै छोरामाथि एसिड हाने भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ७ मंसिर २०७८, मंगलवार १५:०० प्रकाशित