बसमा आगलागीः १२ बालबालिकासहित ४५ यात्रुको मृत्यु

केन्द्रभाग मिडिया

बुल्गेरिया।

बुल्गेरियामा बस दुर्घटना हुदाँ बसमा लागेको आगोमा परी १२ बालबालिकासहित कम्तीमा ४५ यात्रुको मृत्यु भएको छ । बुल्गेरियाको राजधानी सोफियाको दक्षिण–पश्चिमस्थित बोस्नेक गाउँमा सो दुर्घटना भएको हो ।

दुर्घटना भएको बस म्यासेडोनियामा दर्ता भएको र बसमा सवार यात्रु सोही देशका हुनसक्ने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

बसमा आगो कसरी लागेको हो भन्नेबारे बुल्गेरियाको आन्तरिक मन्त्रालयले समेत छानविन सुरु गरेको छ। अधिकारीले आगो लाग्नुअघि बस राजमार्गमा ठोक्किएको हुनसक्ने बताएका छ । मृतक अधिकांशको शव जलेको जनाइएको छ ।

  • ७ मंसिर २०७८, मंगलवार १४:३३ प्रकाशित