ड्यूटी आवर सकिएको भन्दै पाइलटले रुकुम जाने जहाज नेपालगञ्जमै ल्यान्ड गराए: यात्रु आक्रोशित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल वायूसेवा निगमका पाइलटले आफ्नो ड्यूटी सकिएको भन्दै रुकुम जाने जहाज नेपालगञ्जमै ल्यान्ड गराएका छन् । डुयुटीको समय सकिएको भन्दै उडाउँदै गरेको प्लेन गन्तव्यमा नै नपुगी बीचैमा अवतरण गराए पछि यात्रुले आक्रोश पोखेका छन् ।

रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर बिमानका पाइलटले ड्यूटी सकिएको बहानामा नेपालगञ्जमा अवतरण गराएर यात्रुलाइ अलपत्र बनाएका हुन् ।जहाजका पाइलट पेम्बा शेर्पा ड्यूटी बिहान ५ः३० बजे सुरु भएर अपरान्ह ४ बजेसम्म थियो । उनले ४ बजेपछि यात्रुलाई रुकुम पुर्याउन पर्नेमा नेपालगञ्जमा नै अवतरण गराएका हुन् ।

सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको चौरजहारी विमानस्थल जाँदै थियो । जहाजमा ८ जना यात्रुले यात्रा गरिरहेका थिए । विमानस्थलमा अवतरणबारे कुनै अग्रिम जानकारी नगराइएको बताइएको छ ।

  • ७ मंसिर २०७८, मंगलवार १३:३५ प्रकाशित