एकादशी मेलामा सेती गंगा र सौभाग्य महिला समुहले राखेको भेटीबक्समा १ लाख ७७ हजार बढी भेटी संकलन

केन्द्रभाग मिडिया

पोखरा ।

हरिबोधनी एकादशीको अवसरमा पोखरामा लागेको मेलामा उठेको रकम सार्वजनिक भएको छ ।

मेलाको अवसरमा सेती गंगा टोल विकास संस्था र सौभाग्य महिला समूहले रामघाट जाने गेट आसपासमा राखेको दानपत्रमा जम्मा भएको कुल रकम संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

यी दुई संस्थाले राखेको दानपत्र बक्समा १ लाख ७७ हजार ६ सय ९५ रुपैयाँ दानबापत संकलन भएको सेती गंगा टोल विकास संस्थाका अध्यक्ष रोशन मानन्धरले जानकारी दिए ।

अध्यक्ष मानन्धरको अनुसार मेलामा राखिएको विभिन्न वस्तु, सामान,तथा फलफुलका स्टलबाट ११ हजार ४ सय रुपैयाँ उठेको छ ।
सेती नदी अर्थात रामघाट जाने नयाँबजारस्थित गेट नजिक सडक छेउछाउमा मेलामा आवश्यक पर्ने वस्तु तथा चीजहरुको स्टल राखिएको थियो ।

मेलामा उठेको दानबाट रामघाट आसपासका धार्मिक क्षेत्रको विकासमा खर्च हुने अध्यक्ष मानन्धरले बताए ।मेलामा ५० हजार खर्च भएको बताइएको छ । मेला हुनुपूर्व सरसफाई, पुलमा रङरोगन तथा मर्मत, बिजुली मर्मत, तोरन,बोर्ड, ब्यानर, प्रतिष्ठित व्यक्हिरुका लागि खादा, रामनामी बत्ती लगायतमा सो रकम खर्च भएको संस्थाले जनाएको छ ।

यद्यपि एकादशी मेलामा यी संस्थाले मात्र नभई अन्य थुप्रै आमा समुह र संस्थाहरुले ठाउँठाउँमा दानपत्र राखेका थिए ।

  • ७ मंसिर २०७८, मंगलवार १३:१७ प्रकाशित