कांग्रेस कास्की क्षेत्र नम्बर १ सभापतिमा लामिछाने निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने निर्वाचित भएका छन् । हिजो भएको निर्वाचनमा ४५८ मत ल्याउँदै उनी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि बुद्धिमान गुरुङ ३३० मत ल्याए ।

क्षेत्र नम्बर १ को सचिवमा सरोज केसी र ओमप्रकास गुरुङ बिजयी भएका छन् । केसीले ४५६ र गुरुङले ३३० मत ल्याए ।

सहसचिवमा सुजता गुरुङ ३७१ र मोति गिरीले ३४५ मत ल्याएर विजयी भएका छन् ।

समानुपातिक दलित सदस्य तर्फ गमप्रसाद विक निर्वाचित भएका छन् । खुल्ला सदस्यमा यस अगाडि नै सर्वसम्मत भइसकेको छ ।

 

  • ७ मंसिर २०७८, मंगलवार ०९:४७ प्रकाशित