पुम्दीभुम्दी स्थित भगवती विद्यालयलाई युके नागरिकको सहयोग

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी, कालाबाङ घरेडीमा रहेको भगवती आधारभूत विद्यालयलाई वेलायत निवासी व्रिगेडियर जोन ब्रिवरले आर्थिक सहयोग गरेका छन् ।

विद्यालयका भुपु विद्यार्थी कृष्णबहादुर गुरुङका धर्मपिता जोन ब्रिवरले पठाएको ३२ हजार दुई सय सोमबार विद्यालयका प्रधानाध्यापक डिलकुमारी गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र गुरुङलाई हस्तान्तरण गरेका थिए ।

जोनले यस अगाडि पनि विद्यालयलाई पटक पटक गरी २० हजार आर्थिक सहयोग गरिसकेका विद्यालयका निर्वमान अध्यक्ष यामबहादुर गुरुङले बताए ।

सो अवसरमा अभिभावक संघका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार खेमराज वराल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ, धनु गुरुङ, राजु गुरुङ, विरबहादुर गरुङ र तोलबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।

  • ७ मंसिर २०७८, मंगलवार ०९:०० प्रकाशित