गण्डकी कोरोना अपडेट : होम आइसोलसनमा रहेकी १ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार १ संक्रमितको मृत्यु भएको छ ।

म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका ३ की ६१ वर्षीया महिलाको होम आइसोलेसनमै रहेको अवस्थामा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा कारोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशका ३ जिल्लामा गरी १७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीका १०, स्याङ्जाका १ र नवलपरासीका ४ गरि उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो सँगै हालसम्म प्रदेशभर कोरोनाबाट संक्रमित हुनेको संख्या ८७ लाख ८ सय ३ पुगेको छ ।

पछिल्लो २४ घण्टामै ३७ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोनाबाट सन्चो हुनेको संख्या ८६ हजार १ सय ८६ रहेको छ । हाल प्रदेशमा २०८ जना सक्रिय सदस्य रहेका छन तीमध्ये १७२ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले बताएको छ ।

  • ६ मंसिर २०७८, सोमबार १६:१८ प्रकाशित