मुस्ताङबाट बेनी आउँदै गरेको जीप दुर्घटनाः चालकसहित पाँच जना घाइते

केन्द्रभाग मिडिया

जोमसोम ।

मुस्ताङबाट बेनी आउँदै गरेको जीप दुर्घटना भएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका(१ भन्सिङस्थित बेनि जोमसोम सडकखण्डमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। सोमबार बिहान जोमसोमबाट बेनितर्फ आउँदै गरेको ग १ ज ७७०३ नम्बरको जीप सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक मिलन बि।क।, कल्पना श्रेष्ठ, मैया थापा, बाबुराम थापा र अनिषा थापा घाइते भएका छन्। घाइतेलाई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल जोमसोमतर्फ पठाएको प्रहरीले जनाएको छ।

  • ६ मंसिर २०७८, सोमबार १३:३१ प्रकाशित