अब गर्भवती महिलाले पनि कोरोना विरुद्धको खोप लगाउन पाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

गर्भवती महिलाले कुनै पनि खोप या औषधिको प्रयोग गर्दा प्रजनन क्षमतामा असर पुग्न सक्ने भन्दै यसअघि कोरोना विरुद्धको खोप लगाउन रोकिएको गर्भवतीले महिलाहरुले अब भने खोप लगाउन पाउने भएका छन् । सरकारले गर्भवती भएको तीन महिनापछि उक्त खोप उपलब्ध गराउने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यस अघि उच्च जोखिमा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप वितरण गरेको थियो । ‘महिलाहरूलाई उक्त खोप गर्भवती भएको पहिलो तीन महिना पछि दिन सकिन्छ’ स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

परिवार कल्याण महाशाखाकाअनुसार दुई तिहाइ लक्षित जनसंख्यालाई यही पुस मसान्तसम्म खोप लगाउने लक्ष्य राखेको छ । बाँकी लक्षित समूहलाई आगामी चैत मसान्त सम्म खोप लगाउने योजना छ ।

  • ६ मंसिर २०७८, सोमबार ०९:१५ प्रकाशित