जन्ती बोकेको जीप दुर्घटना : चालकसहित ६ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

फाइल फोटो

बैतडी ।

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा चालकसहित ६ जनाको ज्यान गउको छ ।

बैतडीको दशरथचन्द नगरपालिका(२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जीप आइतबार राति दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली सहित अन्य ५ यात्रुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चालक दीपकको उपचारको लागि अस्पताल लैजादैँ गर्दा बाटोमै ज्यान गएको हो ।

जीपमा सवारमध्ये पाँच जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् ।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन् ।

  • ६ मंसिर २०७८, सोमबार ०८:५४ प्रकाशित