राजनीतिक दलको ध्यानाकर्षण गराउँदै बार : जबरालाई पदमुक्त गर्न माग गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल बार एशोसिएसनले झण्डै एक महिना देखि आन्दोलन गरिरहेको छ । उनीहरुले न्यायालयको स्वच्छतालाई धमिल्याउने गरे व्यवहार गरेको भन्दै

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलन जारी राखेका छन् । तर महिनौदेखिको उनीहरुको आन्दोलन प्रभावकारी भने देखिएको छैन । न उनीहरुको माग पुरा भएको छ नत जनताले न्याय पाएका छन् । उनीहरुले आन्दोलन झन्झन् कडा बनाउदैँ आउँदा सर्वोच्च भने हुलदंगा गर्ने थलोको रुपमा परिणत भएको छ । सर्वोच्च अदालतमा दिनहुँ अहिले प्रहरी र आन्दोलनरत पक्षबीच झडपको अवस्था आउने गरेको छ ।

सर्वोच्चमा भाडभैलो मच्चिदाँ पनि राजनीतिक दलका शिर्ष नेताहरु भने मुकदर्शक बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवाद न्यायालय भित्रै समाधान हुनुपर्ने बताउँदैँ पन्छिदैँ आएका छन् । प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलका नेताहरू मौन बसेको भन्दै नेपाल बार भने असन्तुष्ट छ ।

यसैबीच आन्दोलनरत नेपाल बार एशोसिएसनले आज राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराउँदैछ ।

प्रधानन्यायाधीश जबरालाई पदमुक्त गराउन माग गर्दै नेपाल बारले दलका नेताहरूको ध्यानाकर्षण गराउन लागेको हो । सर्वोच्च अदालत परिसरमा जारी धर्ना र विरोध कार्यक्रम १२ बजेभित्र सकेर दलका नेताहरूको ध्यानाकर्षण गराउने नेपाल बारको योजना छ ।

नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले सिंहदरबारभित्रको दलकै कार्यालयमा नेताहरूलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउने योजना रहेको बताए ।

  • ६ मंसिर २०७८, सोमबार ०८:४७ प्रकाशित