पोखरा ।
देशका पहाडी भुभागमा मौसमी अवस्था बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको भन्दै विभागले देशका पहाडी भाग बाहेकका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको बताएको छ ।
मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख गरेको छ।
सोमबार दिउँसो प्रदेश नं १ लगायत अन्य पहाडी भू-भागहरूमा आंशिक बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
राती प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ मंसिर ०७ गते (मंगलबार)
मंगलबार प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरु का एक-दुई स्थानहरुमा हल्का हिमपातको को सम्भावना रहेको छ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ मंसिर ०८ गते (बुधबार)
बुधबार प्रदेश १, बाग्मती , गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरु का एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।
प्रदेश १ को पहाडी भू-भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।